काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानविन गर्न बनेको ससदीय समितिको प्रश्नले थप नयाँ प्रश्न जन्माएको नेकपा एमालेलेका उपाध्यक्ष तथा पूर्वसभामुख सुभाव नेम्वाङले बताएका छन् । शनिबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङ अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको बताएका हुन ।
उनले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन र सिंहदरबार भित्र रहेका अन्य सिसिटीभी फुटेज जस्ता विषयमा छानविन समितिले छानविनको दायरा नै नबनाएको आरोप लगाए । उनले भने, ‘छानबिन समितिले फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन ? उहाँहरुले त्यसलाई किन रोक्नु भयो ? त्यहाँ निर प्रश्न छ। ,।’
उनले प्रतिपक्ष दल एमालले सुरुदेखि नै अर्थमन्त्रालयको सीसीटीभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउने प्रयास गरेको बताए । उनले मुलुकमा एमसीसी, एसपीपी, नागरिकता विधेयक, अर्थमन्त्री शर्माको प्रकरणकालगायतका प्रकरणबारे संसद र सरकारबाट जवाफ नआउने समेत बताए ।
प्रतिक्रिया दिनुहोस