aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपालमा विमान चढ्ने यात्रुको संख्या ३७ लाख पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ साउन २०७९
नेपालमा विमान चढ्ने यात्रुको संख्या ३७ लाख पुगे

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए ।

यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढि हो । सन् २०२२ को ६ महिना ९जनावरीदेखि जुन० सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले उडान भरेका छन् ।

अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले भने आन्तरिक हवाई यात्रुमा हवाई यात्राको आकर्षण बढेर गएकाले पनि आन्तरिक हवाई यात्राको संख्यामा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस