
काठमाडौं । वाणिज्य बैंकहरूको नाफा कोरोना कहरको अवस्थाभन्दा अगाडितिरको झैं देखिए पनि आफ्नो इक्विटिमा प्रतिफल (आरओइ) भने कोरोना कहरभन्दा अगाडिको अवस्थामा अझै पुगेको छैन ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा १९.५७ प्रतिशतले बढेको भएपनि रिटर्न अन इक्विटि (आरओई) भने १४ प्रतिशतको हाराहारीमात्रै छ ।
बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरूले ७४ अर्ब ८० करोड खुद आर्जन गर्न सफल भएका छन् । तर, अघिल्लो आर्थिक वर्षको परिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूले ६२ अर्ब ५६ करोड नाफा आर्जन गरेका थिए ।
बैंकहरूले आर्थिक वर्ष २०७५र ०७६ मा ६३ अर्ब नाफा गरेकोमा आर्थिक वर्ष २०७६र ०७७ मा नाफा घटेर ५२।८ अर्बमात्र भएको थियो । २०७७ साल चैत ११ गतेदेखि कोरोना महामारीका कारण करिब ६ महिना पूर्ण तथा आंशिक बन्दाबन्दी भएको थियो, जसको प्रत्यक्ष नकारात्मक असर वाणिज्य बैंकहरूको नाफामा परेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस