aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

भारत ७५० जना छात्राले बनाएको सेल्फी क्यामेरा जडित भूउपग्रह प्रक्षेपण गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ साउन २०७९
भारत ७५० जना छात्राले बनाएको सेल्फी क्यामेरा जडित भूउपग्रह प्रक्षेपण गर्दै

एजेन्सी । भारतको स्वतन्त्रताको ७५ वर्ष पूरा भएको अवसरमा मोदी सरकारद्वारा देशभर मनाइँदै आएको अमृत महोत्सवअन्तर्गत इसरोले आइतबार स्तन्त्रता नामक भूउपग्रह प्रक्षेपण गर्दैछ। यस स्याटेलाइटको विशेषता भनेको भारतको सरकारी विद्यालयका ७५० छात्रा ठूलो योगदान रहेको छ ।

यो उपग्रह स्पेस किड्स इन्डिया नामक कम्पनीले बनाएको हो र यसलाई इसरोको स्मॉल स्याटेलाइट लन्च भेहिकलबाट प्रक्षेपण गरिने छ। पहिलो उडान पनि हुनेछ। ८ किलोग्रामको यो स्याटेलाइटमा ७५ फेमो प्रयोगहरू छन् र यसमा सेल्फी क्यामेरा पनि छ जसले आफ्नै सौर्य प्यानलको तस्बिर खिच्नेछ।

स्याटेलाइटको पेलोड विकास गर्ने आयोजना करिब ६ महिनासम्म चलेको थियो र सो अवधिमा आयोजनासँग आवद्ध छात्राहरूलाई अनलाइन कक्षा दिइयो । यस आयोजनासँग आवद्ध ७५० जनामध्ये ४६२ जना युवतीलाई स्याटेलाइट प्रक्षेपण हेर्न श्रीहरिकोटा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस