aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रियंका चोपडालाई सद्भावना दूतबाट किन पाकिस्तानले हटाउन भनेको होला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
प्रियंका चोपडालाई सद्भावना दूतबाट किन पाकिस्तानले हटाउन भनेको होला

काठमाडौं । अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानी मन्त्रीले आग्रह गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मझारीले भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी हुन् ।

‘युनिसेफले बदमास मोदी सरकार र भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल सद्भावना दूतबाट हटाउनु पर्दछ । अन्यथा यसले त्यस्ता नियुक्तिहरुको उपहास गर्छ । युनिसेफले मर्यादित पदहरुमा सद्भावना दूत नियुक्त गर्दा होसियार हुन जरुरी छ,’ मझारीले ट्विटरमा ट्विट गरेकी छन् । आजको नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस