
सहुलियत ब्याजदरमा महिला उद्यमी कर्जा लिएर व्यवसाय विस्तार गर्ने सोच बनाएकी ललितपरकी सविता सिंह महर्जनले आवेदन पेस गरेको ६ महिनासम्म पनि ऋण पाउन सकेकी छैनन्।
बैंक तथा वित्तीय संस्थामा ऋणका लागि कार्यालयमा आवेदन दिएको २१ दिनभित्र स्वीकृत हुने उनको भनाइ प्रावधान भए पनि बैंकको वेवास्ताका कारण महर्जन सेवाबाट वञ्चित भएकी हुन् । 'मैले गर्दै आएकी गत वर्ष फागुनमा कर्जा माग गरेकी थिएँ तर अहिलेसम्म पाएकी छैन,' उनले भनिन्, 'सासूको व्यवसाय सम्हालेको ४० वर्ष भइसक्यो, तीन वर्षदेखि आफ्नै नाममा व्यवसाय चलाइरहेकी छु।'
सहुलियतपूर्ण कर्जा लिएर व्यवसाय बढाउने सोचले लगनखेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा पुगेकी महर्जनमा अहिले सुरुको जस्तो जोसजाँगर छैन । बैंकका कर्मचारीले उनीभन्दा अघि ८० जनाले फारम भरिसककाले कोटा सक्किएको भन्दै व्यवसायको स्किम राख्न (दर्ता गर्न) नमानेको उनको गुनासो छ ।
कोटा सकिएको भनेपछि मैले कार्यालयमा नाम र सम्पर्क नम्बर दिएँ। कर्मचारीले कोटा खाली भएपछि फेरि सम्पर्क गछौं भनेका थिए। अहिलेसम्म पनि कुनै खबर आएको छैन,' महर्जनको भनाई सहितको समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस