नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधरण अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन बञ्चित भएका छन् । राष्ट्र बैंकले सर्वसाधरणको सहज पहुँचका लागि वाणिज्य बैंकहरूलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ।
वाणिज्य बैंकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकाले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन्। नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ।
भारतीय रुपैयाँको अहिलेको सञ्चितिले नै साढे तीन वर्ष धान्ने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागकी कार्यकारी निर्देशक सरिता भट्ट (अधिकारी) बताउँछिन्।
प्रतिक्रिया दिनुहोस