
कर्णाली प्रदेशको राजधानी सुर्खेतको सुदूरपूर्वको सिम्ता गाउँपालिकाका बासिन्दाले वर्षमा चार करोड बढीको मोबाइल रिचार्ज गर्ने गरेको पाइएको छ। सिम्ता गाउँपालिकाले गरेको सर्वेक्षणमा मोबाइलमा वार्षिक चार करोडको रिचार्ज हाल्ने गरेको पाइएको हो।
यसका साथै विभिन्न बैङ्क, सहकारीहरूबाट लिएको ऋणको ६ करोड ब्याज पनि सिम्तावासीले तिर्ने गरेका छन्। यस्तै धूमपान र मद्यपानमा वार्षिक सात करोड र नियमित खानपिनमा ५४ करोड रुपियाँ खर्च गर्ने गरेको पाइएको गाउँपालिकाको सर्वेक्षणमा उल्लेख छ।
गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसी गाउँपालिकाको समग्र अवस्था चित्रणका लागि सर्वेक्षण गरिएको र यसबाट गाउँपालिकाको सबै अवस्था छर्लङ्ग भएको बताउनुहुन्छ । उहाँले गाउँपालिकाको वार्षिक आम्दानी एक अर्ब ५१ करोड रहेकोमा खर्च एक अर्ब २८ करोड रुपियाँ रहेको जानकारी दिनुभयो। यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस