aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सकियो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २४ साउन २०७९
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सकियो

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग सकिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको केही महिनापछि बल्ल यो मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको हो ।

यसअघि सन् २०२१ को जनवरीमा नै निर्माण सम्पन्न गरी हवाई उडान सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि विगत तीन वर्ष कोरोना महामारीका कारण समयमा काम नभएकाले ढिला भएको हो । 

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिएर उडान सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यस विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ । यो विमानस्थलको क्षेत्रफल २ सय हेक्टर जमिनमा फैलिएको रहेको छ ।

आगामी अक्टोबर महिनामा क्यालिब्रेसन फ्लाइट गर्ने र जनवरीदेखि विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने तयारी गरिएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा तयार भएको यस विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस