aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

संसद् बैठक बस्दै, सत्य निरुपणसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
संसद् बैठक बस्दै, सत्य निरुपणसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद सचिवालयले दिएको जानकारी अनुसार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको हो । 

सचिवालयले जारी कार्यसूची अनुसार आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् भने त्यसपछि बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।  

प्रतिक्रिया दिनुहोस