aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रवासका नेपालीहरु आगामी निर्वाचनमा कस्तो परिवर्तन देख्न चाहन्छन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
प्रवासका नेपालीहरु आगामी निर्वाचनमा कस्तो परिवर्तन देख्न चाहन्छन ?

स्थानीय चुनावको समाप्ति सँगै अर्को संसदीय चुनाव प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा आगामी मंसिर ४ मा गर्ने घोषणा भएको छ ।  चर्चित संचारकर्मिहरु, उच्च पदस्थ व्यक्ति नया दल खोल्ने होड़बाजी वा चाहना साथै पुराना पार्टीमा वैचारिक सैद्धान्तिक असमानता,पदीय बाँड़फाँड हुने छ  । अहिले नेपालमा लोभका कारण पछिल्लो समय फ्रन्टलाइनमा आउने मनसाय तिब्र देखिन्छ । नेपालमा विभिन्न राजनीतिक सामाजिक परिवर्तन सँग सँगै विभिन्न चरित्र र चित्रका नेताहरूको आगमन र बहिर्गमनले ठूलो फड्को मार्यो।समयको माग सँगै देश विकास हुनलाई शिक्षित व्यक्तिलाई राजनीतिमा आउनै पर्छ र नेपाली राजनीतिमा पुस्तान्तरण हस्तानतरणको बहस पनि नदेखिएको पक्कै होइन ।

 तसर्थ अहिलेको वर्तमान राजनीतिक परिवेशलाई हेर्दा यहाँका राजनीतिक दलका प्राय सबैका अलग अलग एजेण्डा,मुद्दा एवं सत्ता मोहको गंभीर चपेटा रहेका बेला प्रवासमा रहेका नेपालीहरु अब आउने निर्वाचनलाई लिएर प्रवासमा रहेको नेपालीहरुको कस्तो खालको अभिव्यक्ति दिई रहेका छन त ?हामीले उनिहरुको जवाफ खोज्ने प्रयास गरेका छौ ।

सिजन के.सी.हाल दुबई 


 यो मुख्यःत पुराना राजनीतिक पार्टी प्रतिको वितृष्णा र घृणा हो जनताको ! आफूले ५ वर्षका लागि पठाएका जनप्रतिनिधि गरिव जनताको करबाट आफ्नै सेवा सुविधा वृद्धि गर्न उद्दत छन् । यिनीहरू यतिमा मात्र सिमित छैनन् पदिय मर्यादाको ख्याल नगरी नितिगत भ्रष्टाचार, कालोबजारी, ठेक्कापट्टा, तस्करी, बलात्कार जस्ता कानुन हातमा लिई अपराध गरिराखेका छन् । यसको विकल्पमा अहिलेका हज्जारौं युवापुस्ता देश परिवर्तनको संवाहक बनेर देश दौडाहामा छन् । यसको उदाहरण भर्खरै भएको स्थानीय निकायको चुनावमा काठमाडौं महानगर, धनगढी र धरानमा उपमहानगरमा स्वतन्त्र उम्मेदवार भारी मतले विजयी भएर कार्यसम्पादन गरिराखेका छन् । 

मंसिरमा हुने संघीय निर्वाचनमा पनि छुट्टै दल दर्ता वा स्वतन्त्र उम्मेदवार घोषणा गर्ने ट्रेन्ड नै चलेको छ । देशमा बढेको बेथिति विरूद्ध आवाज उठ्न थालेको छ अहिले सिंहदरबारमा भएको कालो कर्तुत (बेथिति) नागरिकले मोबाईलबाटै विरोध गर्छ र सजक पनि गराउँछ । केहि नेता र उसका टुकडी आफ्नै पार्टीबाट भागबन्डमा चित्त नबुझेर जनता झुक्याउन पुरानो बोतलमा नयाँ बिर्को लगाएझैं गरेर केहि जिल्ला दौडामा रहेका छन् तीनीहरूलाई हामी जनताले मंसिरमा हुने निर्वाचनमा कहिल्यै उठ्न नसक्ने गरी पल्टाउनुपर्छ । आउने संघिय निर्वाचनमा एक निडर, राष्ट्र, राष्ट्रियता र कानुनलाई कार्यन्वयन गर्दै जनतालाई सर्वोपरि ठानी देशलाई समृद्धिको बाटोमा डोर्याउने निडर नेता छान्न जनताले आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्नेछन् ।

अर्जुन आचार्य,हाल द. कोरिया


 स्थानीय चुनाबको समाप्ति सँगै अर्को संसदीय चुनाव आगामी मंसिर ४ मा गर्दै गर्दा चर्चित संचारकर्मिहरु, उच्च पदस्थ व्यक्ति साथ साथै अन्य कैयौ व्यक्तिबाट उमेदवारी घोषणालाई मुख्य त असफल राजनीति,भ्रस्टाचार,कानुन विपरितको काम, नातावाद कृपावाद , देश विकास नहुनु ,वेरोजगार लगायतका धेरै कुरा छन । 

 अर्को तर्फ हेर्ने हो भने स्थानीय चुनावमा स्वतन्त्र उमेदवारलाई जनताले गरेको विश्वासले अब जनतामा पनि स्वतन्त्र चेत पसेको बुझ्न गाह्रो छैन यस्ले गर्दा केही गर्न सक्छु भन्ने व्यक्तिलाई हौसला बढेको हुनसक्छ । 

यो हाम्रो जस्तो पिछडिएको समाजको लागि खुशीको कुरा पनि हो नयाँ व्यक्ति वा पाटी आउनुले पक्कै पनि सकारात्मक प्रभाव राखने छ पुरानोलाइ सच्चिने दबाब हुने छ भने नयाँले अबसर पाएको खण्डमा केही गरेर देखाउनु पर्ने भएकोले समाजलाई एक कदम भय पनि अगाडी जान सहयोग हुने अपेक्षा छ ।

समिर दहाल, हाल फुजिरा


पचास वर्षभन्दा बढी भइसक्यो यिनीहरुले राजनीतिक गरेको कति पटकसम्म यिनीहरु सत्तामा गए गनेर सकिँदैन अब कति वर्षसम्म एउटै पार्टी उही अनुहारलाई अवसर दिने ? हाम्रो देशमा परिवर्तन परिवर्तन हाम्रै पालामा सम्भवः छ ।

अब यस्ता भ्रष्टाचार,बिचौलिया,बेथिति, विसंगति, विकृति, कुकृति, लाजनीति, कुसंस्कृति,कुरीति,कुशासन, ठगबन्धन, गर्ने यी नेतालाई पत्ता साफÞ गर्नुको निम्ति काममा पनि आफूलाई सक्षम प्रमाणित गर्न सफल हुनुभएको उम्मेदवारलाई जनताले राष्ट्रको सत्तामा पुर्याउँनै पर्छ पार्टीको सिद्धान्त र विचार बोकेर भाषण गर्दै हिँड्ने तर व्यवहारमा प्रयोग गर्न नसक्ने, पद र कुर्सीमा बढ़ीनै लिप्त हुने बहुसंख्यक भएका कारण अझै पनि देशले चाहेजति गति लिन सकिरहेको अवस्था छैन त्यसैले सोच बदलौ,भोट बदलौ,भाग्य बदलौ,देशका नेता बदलौ,भ्रष्टलाई फ्याली राम्रोलाई छानौ र भोट दिऔ । होईन भने जीवन भर रूदै बसौ ।  जय नेपाल ! जय देश

कृष्ण बिक्रम भण्डारी, हाल साउदी अरब


देशमा हरेक व्यबस्था परिवर्तन हुँदैगर्दा, आम सर्वसाधारण नागरिकमा छुट्टै प्रकारको आशा जाग्ने गर्दछ् । तर, विभिन्न समयमा देशमा विभिन्न व्यबस्था परिवर्तन हुँदै, लोकतन्त्र र गणतन्त्र जस्ता व्यबस्थाले सम्पूर्ण नागरिकलाई लोभ्याउने  स्थिति त बनायो । तर, “जुन जोगि आएपनि कानै चिरेको“ जस्तै अझै “हात्ति आयो – हात्ति आयो फुस्स“ जस्तै बनाउँदै आईरहेका, राजनैतिक दल लगायत तिनका नेताहरुसँग आमजनता वाक्क छन् । तसर्थ,जसले नयाँ स्वरुपमा आफ्नो दल सङ्गै केहि खास एजेण्डा जनता सामु पु¥याउने गरेका छन् । 

त्यस्तै नेताहरुलाई आम जनताले पछ्छ्याउन थालेको परिणामहरु विगतको स्थानिय तहको निर्वाचनले देखाएको छ ्। जस्तै उदाहरणको लागि बालेन शाह,गोपाल हमाल र हर्क साम्पाङ्ग राई आदि हुन । त्यसैले पनि आगामि मङ्सिर ४ को संसदिय चुनावमा राष्ट्रमा केहि गरेर देखाउने हुटहुटि हुने साथै चर्चित पत्रकार लगाएत उच्च पदस्थ व्यक्तिहरुले नयाँ दल र नयाँ  एजेण्डाहरु लिएर जनतासामु पुग्ने होडबाजी वा चाहना भएको देखिन्छ् ।

लेखनाथ शर्मा,हाल बेलायत


१२ वर्ष झोला भरि बोकेको किताबले नबुझेको जिन्दगि १२ पानाको पासपोर्टले पुरै जिन्दगि के हो भनेर बुझाएको बेलामा हामी आफ्नो जन्मभूमि छाडेर पराई देशमा दस नंङग्रा खियाउनुको पीड़ा तितो छ तर अहिलेको चुनाबमा दल गत खिचातानि,अहम् पनले आजकल मलाई लाग्छ यो हुटहुटी,चाहना र होडबाजी आम सचेत नागरिकमा हुनु स्वभाबिक नै हो ।

किनकी नेपालमा हालसम्मको राजनितिक स्थिरता परम्परागत राजनीतिक शैली,कुनै पनि व्यक्तिमा नेत्तृत्वदायी भुमिका,असमान विधि र पद्धति,हैकम बादी शासन प्रणाली आदि जस्ता कुराहरुले गर्दा अहिले युवा पुस्तामा यी धारणा र बिचारहरु आउनु स्वभाविक हो जस्तो लाग्छ मलाई । त्यसैले अब आउने नेतृत्व तहले विचार पुर्याएर र जनताले पनि सही व्यक्ति छानेर नीति गत तहमा पुर्याउन सके देशले कोल्टे फेर्ने छ ।

अर्जुन शर्मा पौडेल,हाल भारत


दुनियाँमा कुनै पनि देशको राज्यसत्ता उस देशको एकमात्र चाबी हो जसले देशलाई कुन गतिमा, कुन दिशामा अग्रसर गराउने हो भन्ने कुराको एकिन गर्ने गर्छ । हाम्रो देशको परिप्रेक्षमा राज्यसत्ताको सञ्चालन भनेको जनताले आफ्नो मताधिकार प्रयोग गरि पठाएका जनप्रतिनिधिहरुबाट हुने गरेको छ । 

यस सन्दर्भमा अहिले नेपालमा देखियको अराजकता, भ्रष्टाचार अनि जनता द्वारा छानिएर गएका जनप्रतिनिधिहरुको लाचारीपनले कसैमाथि विश्वास गर्ने ठाउँ नरहेकोले नेपाली जनताहरुले स्वतन्त्र उमेदवारहरुलाई विजय गराउने र पार्टीभन्दा व्यक्ति ठूलो हो भन्ने कुराको एकिन दिलाउन आफ्नो अमुल्य मताधिकार प्रयोग गरि देशलाइ नयाँ  विकासको मार्गमा अग्रसर गराउन सक्ने नेतृत्वको खोजिमा चर्चित सन्चारकर्मी, उच्चपदस्थ व्यक्ति अनि सैद्धान्तिक र बैचारिक मतभेद राख्ने व्यक्तिहरु प्रति जनताको आकर्षक बढेको र पुराना पार्टी प्रतीको वितृणालाई समाप्त पार्नको लागि यो होटबाजी चलेको देखिन्छ ।

प्रेम खडका,हाल जापान


आजित भएर दलहरुसँग आक्रोशित जनताले भर्खर मात्रै सकिएको स्थानीय निर्वाचनमा राम्रै आक्रोस पोखेको देख्न सकिन्छ जसको उदाहरण हुन काठमाण्डौ महानगरका मेयर बालेन्द्र साह र धरान उप महानगरपालिकाका हर्क सम्पाङ राई लगायतका बिभिन्न स्वतन्त्र उम्मेदवारहरुको विजयी यात्रा,जनतामा राजनितिक दल प्रति वितृष्णा लागेको सहजै महसुस गर्न पाईन्छ । अब आउँदै गरेको आगामी मंसिर ४ को संसदीय चुनावमा चर्चित संचारकर्मि,उच्च पदस्थ ब्यक्ति र आफ्नै पार्टीमा भागबण्डा नमिलेर नयाँ दल गठन गरी निर्बाचनमा होमिनेको लामो लर्को छ ।

  जनताले नेपालका प्रत्येक बहुदलीय नेताहरुलाई निर्वाचित गरेर हेरी सके अब नया जोश जागर र दलीय पद्धति बाहिरका भ्रस्टाचार विरोधी राष्ट्रलाई निस्वार्थ माया गरी विकास गर्ने खालका ब्यक्तिहरुको चुनावी एजेण्डा हेरी मतदान गर्ने छन भन्ने लागेको छ । अझै पनि पार्टीका झोला बोकेर सिद्धान्तको ज्ञान दिने तर देश विकास नगरी विकासमा आएको बजेट नेताका झोले र पार्टीलाई सहयोग गर्ने गुण्डाहरुलाई खान दिई अब पनि भ्रस्टाचार गर्नेहरुलाई मतदान दिनु भनेको आफ्नै घर खेत अनि रगत पसिना दिए सरह हो तसर्थ यसपालीको निर्वाचन देशप्रेमी युबालाई मतदान ! समय आएको छ बेलैमा होस पुर्याउ र देश विकासमा मद्दत गरौ ।
प्रस्तुतीः सचिन्द्र श्रेष्ठ
 

प्रतिक्रिया दिनुहोस