काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो एक बजे बस्ने भएका छन् । सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश दिने कार्यक्रम रहेको छ ।
यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ । त्यसैगरी शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस