aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

रुसी आक्रमणमा तेह्र सर्वसाधारण मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
रुसी आक्रमणमा तेह्र सर्वसाधारण मारिए

युक्रेन । मध्य युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परी तेह्र जना सर्वसाधारण मारिएका स्थानीय गभर्नरले बुधबार बताएका छन् । ‘यो भयानक रात थियो ।

एघार जना मारिए’ भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममा लेखेका छन् । घाइते मध्ये दुई जनाको मृत्यु भएपछि यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १३ पुगेको गभर्नर थप जानकारी दिएका छन्। 

जापोरिझ्झिया आणविक उर्जा केन्द्रबाट निपर नदीको अर्को छेउमा रहेको मार्गानेट गाउँमा भएको आक्रमणमा परी १२ जना मारिएका क्षेत्रीय परिषद्का प्रमुख माइकोला लुकाशुकले बताएका छन् । 

प्रशासनिक भवनहरु, अग्लो भवनहरु, एउटा विद्यालय, एउटा सांस्कृतिक दरबार, एउटा नगर परिषद्को भवन,“  क्षतिग्रस्त भएको उनले बताएका छन् । रुस र युक्रेनले एकअर्कालाई प्लान्टनजिकै गोलाबारी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस