
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ । पछिल्लो केही समयको तथ्यांक हेर्दा धेरैजसो खरिदारदेखि अधिकृतसम्मलाई भ्रष्टाचार मुद्दा चलाइएको पाइएको छ । अख्तियारले पछिल्लो समय आप्mनो सक्रिया भने ह्वात्तै बढाएको छ । अख्तियारले मंगलबारमात्रै विभिन्न क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ ।
आयोगले खरिदार, नासु, उपभोक्ता समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि गत आइतबारमात्रै आयोगले एकैदिन १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ती मुद्दामा वन अधिकृत र सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
मुगुमा वन अधिकृतविरुद्ध मुद्दा
अख्तियारले पर्यटकीय मार्ग निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मंगलबार डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढाथापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मुद्दा दायर गरेकामा डिभिजन वन कार्यालय मुगुका सबइन्जिनियर हिमालकुमार मल्ल, सबइन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस