काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ख का सभापति चित्रप्रसाद दाहाल साउन २२ गते बिहानदेखि बेपत्ता भएका छन् । भक्तपुरका प्रहरी प्रमुख एसपी प्रजित केसीले दिएको जानकारी अनुसार दाहाल चार दिनदेखि बेपत्ता भएको भन्दै उनको परिवारले खोजीको लागि प्रहरीमा निवेदन दिएको हो ।
भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि भन्दै गाडी चढे पनि त्यसपछि सम्पर्कमा नरहेको परिवारको भनाई छ । बलकोटबाट बा २० ख ९८२२ नम्बरको सार्वजनिक बसमा चरिकोटका लागि चढेको परिवारले जानकारी दिएका छन् ।
तर उनी चरिकोट नगई कलंकी पुगेको जानकारी पाएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।
दाहालको फेसबुक सोमबार केही समय एक्टिभ देखिएको तर मोवाइल भने बन्द नै रहेको पनि खुलेको छ । ठिमी बृत्त र भक्तपुर परिसरबाट अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस