aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

एल.बि.इ.एफ र ए.पि.यूसँगको सहकार्यमा पहिलो दिक्षान्त समारोह सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
एल.बि.इ.एफ र ए.पि.यूसँगको सहकार्यमा पहिलो दिक्षान्त समारोह सम्पन्न

कठमाडाैं । बुधबार एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एल.बि.इ.एफ.) क्याम्पसले अन्नपूर्ण होटल, दरवारमार्गमा पहिलो पटक आफ्नो दिक्षान्त समारोह सम्पन्न गरेकाे छ ।

दतुक परमजित सिंह, ए.पि.आइ.आइ.टि.का सह संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक यूनिभर्सिटी (ए.पि.यू)का उप–प्रमुख गुर्प्रदिप सिंहद्वारा यस समारोहको उद्घाटन गरेकाे हाे।

नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रघुविर महासेठको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका संस्थापक  परमानन्द केजरिवालका साथै अन्य अतिथीहरुः पंकज जालान– एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका अध्यक्ष, डा. गिता भक्त जोशी – एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका शैक्षिक सल्लाहकार, प्रकाश कुमार – एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका निर्देशक, डा. सन्दिप कौतिश – एल.बि.इ.एफ ग्रूप अफ इन्टीच्यूसन्सका डिनद्वारा उत्तिर्ण विद्यार्थीहरुलाई दिक्षित गरेका थिए ।

बि.बि.एम र बि.एस्सी. आइ.टि का कुल ५६ विद्यार्थी दिक्षति भए । यि सबै डिग्रीहरुले शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरि त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन् ।

१९९८ मा स्थपना भइ २१ वर्ष लामो गौरपूर्ण इतिहास रहेको यस संस्था नेपालको पहिलो आइ.टि कलेज हो । यस संस्थामा ८००० भन्दा बढी विद्यार्थी आबद्घ भएर आफ्नो उच्च शिक्षा हासिल गरिसकेका छन् ।

एल.बि.इ.एफले एसिया प्यासिफिक यूनिभर्सिटी (ए.पि.यू)सँगको सम्बद्घतामा स्नातक तथा स्नातकोत्तर तहका कक्षहरु संचालन गरिरहेको छ । ए.पि.यूलाई मलेसियाको उत्कृष्ट विश्वविद्यालय घोषित गरिनुका साथै शिक्ष मन्त्रालयद्वारा टायर ५ (उत्कृष्ट) तथा मलेसियन क्वालिफिकेसन एजेन्सीद्वारा सेटारा २०११ र २०१३ प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस