
काठमाण्डौ । दुइ छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही साउन बुधबार बेलुका ५स्१५ बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा मिना लामाले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद १९ हजार १ सय ५० रूपैयाँ र खाजा घर संचालक मिना लामा सहित ६ जनालाई पक्राउ गरेको छ ।
यसै गरी बुधबार बेलुका ५स्५० बजे काठमाण्डौ-६ बौद्ध रामहिटीबाट जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद २ हजार ७ सय ९० रूपैयाँ र सोलुखुम्बु घर भई काठमाण्डौ बौद्ध रामहिटी स्थित हिमालयन शेर्पा किचन संचालन गरी बस्ने वर्ष ३६ को निमा शेर्पा सहित ५ जनालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस