aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चिच्याउदै बर माग्ने यस्तो धर्मिक स्थल

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २८ साउन २०७९
चिच्याउदै बर माग्ने यस्तो धर्मिक स्थल

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा शुक्रबार पूजा गर्ने भक्तजनको भीड लागेको छ । 

मन्दिरमा भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका भक्तजन र अन्य भक्तजनहरुले मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पुजा हुन्छ । म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजनहरू पुगेका छन् ।

समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा निलगिरि हिमालको फेदमा अवस्थित मन्दिर नजिक रहेको निलो तालमा करिब दुई दिनको पैदलयात्रापछि पुगेका भक्तजनहरुले सबैले सुन्ने गरी आफ्नो भाकल माग्ने गरेका छन् । भक्तजनले तालमा रहेका पूजारी र पूजारीले चर्को स्वरमा भाकल पूरा गरिदिन गरेको अनुरोध निकै रोचक हुने गरेको छ । ‘धेरैले शिक्षा, ब्रिटिस आर्मी र बैदेशिक रोजगारमा सफलताको कामना गरेका छन् । 

केहीले राम्रो श्रीमान–श्रीमती चाहियो भन्दै बर माग्छन्’ स्थानीय समाजसेवी राजु पुनले भने । उनका अनुसार मन्दिर नजिक रहेको तालभित्र रहेका आफ्नो भाकल पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा भक्तजनको नाम र उसले मागेको बर माग्छन् । बर लिएपछि कसैसँग नबोलेर धोतीखोला सम्ममन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ । आफ्नो मनकामना पुरा भएपछि पुनःमन्दिरमा दर्शन गर्न जानेको संख्या समेत अत्याधिक रहेको छ । खरय भरानीमन्दिर तथाआसपासका रहेका ४ वटा मन्दिरमा पुजाआजा गर्न युवाहरु पुजारीका रुपमा खटिन्छन् ।  

प्रतिक्रिया दिनुहोस