
काठमाडौं । रौतहटको नगरपालिकाले गौर नगर क्षेत्रका बिपन्न तथा गरिब परिवारको ३० युनिट सम्मको विद्युत महसुल नगरपालिकाले तिर्ने भएको छ । गौर नगरपालिकाकाब नगर प्रमुख शम्भु साहले एक सार्वजिनिक कार्यक्रममा यस्तो उदघोष गरेका हुन् ।
गौर नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । गौर नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपम कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित समुदायहरुलाई २०७९ साउन १ गते देखि लागू हुने गरि ३० युनिटसम्म खपत बिधुत महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख साहले जानकारी दिए ।
३० युनिट भन्दा बढी बिधुत खपत भएको पाइएमा सम्बन्धित व्यक्तिले स्वयं बिल तिर्नु पर्ने उनले बताएका छन् ।
आफ्नो घोषणापत्र अनुसार नै यो कार्यक्रम गरिएको नगर प्रमुख साहले बताए । निःशुल्क विद्युत योजनाको लाभ लिन २०७९ आषाढ मसान्तसम्मको बिल भुक्तानी गरेको हुनुपर्ने समेत उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस