काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्रालय माफियाको कब्जामा रहेको बताएका छन् । उनले आइतबार भएको प्रतिनिधि सभाको बैठकमा यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै उनले भने, ‘बैंक वित्तीय संस्थाबाट प्रवाह भएको चालिस खर्ब ऋण मध्ये ३० खर्ब रुपैयाँ सय जना व्यापारीले चलाएका छन् । यसो हुँदा देशको अर्थतन्त्र माफियाको कब्जामा रहेको छ । अर्थमन्त्रालय माफियाको कब्जामा रहेको छ ।’
त्यस्तै, सुवालले राष्ट्र बैंकले सात खर्ब रुपैयाँ बजारमा प्रवाह गरेको ऋण पाँच खर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलमा रहेको बताए । बाँकी दुई खर्ब रुपैयाँ हराएको उनको जिकिर छ । यी विषयमा अर्थमन्त्रीले कुनै पनि कुरा चासोका साथ नहेरेको उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस