aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

बसमा गोली चल्दा सात घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ साउन २०७९
बसमा गोली चल्दा सात घाइते

जेरुसेलम । जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ । पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको थियो । रोकिएको बसमा गोली चलाएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । 

प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान जारी राखेको बताइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलालाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको बच्चा जन्माउन शल्यक्रिया गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस