aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मणिपाल ग्रुपले जलेश्वरमा इन्जिनिरिङ कलेज र धनुषामा ३ सय बेडको अस्पताल खोल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ साउन २०७९
मणिपाल ग्रुपले जलेश्वरमा   इन्जिनिरिङ कलेज र धनुषामा ३ सय बेडको अस्पताल खोल्ने

काठमाडौं । जलेश्वरमा मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप(नेपाल) इन्जिनिरिङ कलेज सञ्चालन हुने भएको छ । गत साउन १२ गते कलेजका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जलेश्वर नगरपालिकालाई लामो समयदेखि निर्माण हुने नसकेको मेडिकल निर्माण कार्य तत्काल थालनी गरिने बताइएको छ । 

मणिपाल मेडिकलले नगरपालिकालाई लेखेको पत्रमा उक्त स्थानमा मेडिकल कलेज, इन्जिनिरिङ कलेज र अन्य प्राविधिक कलेज समेत सञ्चालन गरिने उल्लेख छ । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप(नेपाल) का अनुसार जलेश्वरमा इन्जिनिरिङ कलेज सञ्चालनका लागि ३५ विगा खरिद गरिएको जनाएको छ । जलेश्वरको उक्त स्थानमा विगत २४ वर्षपहिलादेखि इन्जिनिरिङ कलेज सञ्चालन हने भनिएपनि कलेज सञ्चालनका लागि कुनै पनि तयारी भएको थिए । 

उक्त कलेज सञ्चालनका लागि जलेश्वर नगरपालिकासँग सार्वजनिक निजी साझेदारी नीति अन्तरगत विभिन्न सिपमुलक तालिम समेत सञ्चालन गरिने र उक्त स्थानमा सञ्चालनमा आउने विभिन्न कलेजहरुमा स्थानीय जनतालाई रोजगारीमा पहिलो प्राथमिकता समेत दिइने बताएको छ ।  

त्यस्तै धनुषाको जनकपुरमा ३०० बेडको हस्पिटल सञ्चालन गर्ने मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप(नेपाल) नयाँ योजना सार्वजनिक गरेको छ । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप(नेपाल)को धुनषा गुलेरिया स्थित आफ्नो भवनमा हस्पिटल सञ्चालन गर्ने योजना रहेको ग्रुपले जनाएको छ । तर, उक्त भवनमा भने मधेश स्वास्थ्य प्रतिष्ठानले कब्जा गरेर कोभिड अस्पताल सञ्चालन गरिरहेकाले उक्त भवन खालि गर्न असार २३ गते सामाजिक विकास मन्त्रालयलाई प्रतिष्ठानले पत्र समेत लेखेको छ ।    
 

प्रतिक्रिया दिनुहोस