aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

वैदेशिक रोजगारीमा गएकाहरुमा मृत्यु हुनेको संख्या बढ्यो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, ३० साउन २०७९
वैदेशिक रोजगारीमा गएकाहरुमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीबाट ९ खर्ब ८६ अर्ब रेमिट्यान्स भित्रिँदा १ हजार ४७९ नेपालीले विदेशी भूमिमा काम गर्दा गर्दै ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक राजगारीको सिलसिलामा ४७ महिलासहित १ हजार ४७९ नेपाली श्रमिकको मृत्यु भएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अघिल्ला आर्थिक वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा मृत्यु हुने नेपालीको संख्या बढेको बताए । सरकारले श्रमस्वीकृति लिएर रोजगारीका क्रममा मृत्यु हुने श्रमिकका हकवालालाई ७ लाख रुपैयाँका दरले आर्थिक सहयता दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस