काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को निर्वाचन आज हुँदैछ । देशभरबाट गरी १२ सय ४८ जनाले मतदान गरी नयाँ नेतृत्व चयन गर्नका लागि टानको निर्वाचन आजका लागि तोकिएको हो ।
टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी दिएका छन् । बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । सापकोटाको समूहबाट निवर्तमान महासचिव समेत रहेकी सरिता लामाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारी परेको छ। यो समूहबाट द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ र सचिवमा हरि कडारियाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे र सह कोषाध्यक्षमा रिञ्जि जाङ्गबु शेर्पाले उम्मेदवारी दिएका छन् । यस्तै टानको अध्यक्षमा निलहरी वास्तोलाले पनि प्यानलसहित उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस