काठमाडौं । एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबीईएफ) क्याम्पसले दीक्षान्त समारोह आयोजना गर्याे । दतुक परमजित सिंह, एपीआईआईटीका सह संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक युनिभर्सिटी (एपीयू)का उपप्रमुख गुरुप्रदिप सिंहद्वारा सो कार्यक्रमको उद्घाटन गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा एलबीईएफ ग्रुप अफ इष्न्टिच्युुसन्सका संस्थापक परमानन्द केजरिवाल, पंकज जालान एलबीईएफ ग्रुप अफ इष्न्टिच्युसन्सका अध्यक्ष, डा. गीताभक्त जोशी एलबीईएफ ग्रुप अफ इष्न्टिच्युसन्सका शैक्षिक सल्लाहकार, प्रकाश कुमार एलबीईएफ ग्रुप अफ इष्न्टिच्युसन्सका निर्देशक, डा. सन्दिप कौतिश एलबीईएफ ग्रुप अफ इष्न्टिच्युसन्सका डिनद्वारा उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेका थिए ।
बीबीएम र बीएस्सी आईटी का कुल ५६ विद्यार्थी दीक्षित भएका थिए । सबै डिग्रीले शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन् ।
२१ वर्ष लामो इतिहास रहेको यस संस्था नेपालको पहिलो आईटी कलेज हो । यस संस्थामा ८ हजारभन्दा बढी विद्यार्थी आबद्घ भएर आफ्नो उच्च शिक्षा हासिल गरिसकेका छको संस्थाले जनाएको छ । एलबीईएफले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीसँगको सम्बद्घतामा स्नातक तथा स्नातकोत्तर तहका कक्ष संचालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस