
काठमाडौं । पत्रकार शालिकराज पुडासैनिको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको चितवनका एसपी दानबहादुर मल्लले आर्थिक न्युजडटकमलाई बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कडेललाई पक्राउ गरेर चितवन लैजादै गरेको एसपी मल्लले जानकारी दिए । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस