aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

फोहोरमाथिको अवरोधमा प्रचण्डलाई बालेन्द्रको यस्तो प्रश्न

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, ०१ भदौ २०७९
फोहोरमाथिको अवरोधमा प्रचण्डलाई बालेन्द्रको यस्तो प्रश्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडासम्म फोहोर लिएर जाने सडकको दुर्दशा आफ्नो फेसबुकमार्फत सावर्वजनिक गरी प्रचण्डको आलोचना गरेका छन् ।

उनले लेखेका छन्, श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

उक्त सडकको ठेकेदार कम्पनीका सञ्चालक प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत भएकाले उनेल सो कुरा लेखेका हुन् । साहले फेसबुकमार्फत ल्याण्डफिल साइट रहेको स्थानीय तहसँग गरेको सम्झौताको विवरण पनि सार्वजनिक गरेका छन् । सोही सम्झौताको  बुँदाहरु कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका बासिन्दा आन्दोलित भएका हुन् ।

प्रहरी प्रशासनको सहयोगमा आज १८६ फोहोरका गाडीहरू बञ्चरे डाँडा पुगेका थिए । साहले फोहोर व्यस्थापनमा प्रहरी प्रशासनको लिनै नपर्ने उद्देश्य रहेको बताए । फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ । उनले भने ।

प्रतिक्रिया दिनुहोस