aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

निहारिकामाथि बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठ पक्राउ

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, ०१ भदौ २०७९
निहारिकामाथि बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठ पक्राउ

काठमाडौं । निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी टेकबहादुर कुँवरले जानकारी दिए ।

‘शिवराज श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले नियन्त्रणमा लिएको हो, थप विवरण मागेका छौं,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले मंगलबार राति राजधानीसँग भने । धनुषाकी राजपुतले ‘आफूमाथि श्रेष्ठले बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको’ आरोप लगाउँदै आएकी छन् । उनले आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै ‘बच्चाको डीएनए परीक्षण’ माग गर्दै आएकी छन् ।

आफूमाथि श्रेष्ठले ‘बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको’ निहारिकाको आरोप छ । घटना अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउनेगरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

सोही मागसहित राजपुत काठमाडौं माइतीघरमण्डला र वसन्तपुरमा यसअघि आमरण अनसनमासमेत बसेकी थिइन् । उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाह प्रयाससमेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस