aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ

धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ ।
निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो । ४२ किलोमिटरको चक्रपथ सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ । निर्माण सम्पन्न भएको भन्सारदेखि राजपुरसम्मको खण्डको बीच बीचमा तथा नाला किनारामा कालोपत्रे दबिने र भत्किने गरेको स्थानीय बताउँछन्् ।
नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘सबैको मिलेमतोमा गुणस्तरहीन सामाग्री प्रयोग गरिएका कारण सडक भत्किन थालेको हो ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस