aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

सोल । उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ ।

‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ मन्त्रालयका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । 

उत्तर कोरियाले जनवरीदेखि संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्ध क्रुज क्षेस्यास्त्र परीक्षण नगरेको योन्हाप समाचार  समितिले जनाएको छ । उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धहरू तोड्ने परीक्षणहरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस