
जनकपुरधामस्थित हनुमान मन्दिर शृंगार भवनको साढे ५ बिघा व्यक्तिका नाममा दर्ता गरिएको छ ।
एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका(१९ र साबिकको बेंगासिहपुर–७ (क) स्थित कित्ता नम्बर ४८८ को ५ बिघा १० कठ्ठा र किता नम्बर ४८९ को १७ धुर व्यक्तिका नाममा नामसारी भएको छ ।
उक्त जग्गा मन्दिरले हकभोग गर्ने गरी पूर्वमहन्थ कौशल किशोरका नाममा थियो। हालका महन्थ सूर्यनारायण दासले पूर्वमहन्थ कौशल किशोरलाई बुबा दाबी गर्दै जग्गा एकलौटी नामसारी गराएका हुन् ।
सूर्यनारायणले बाबुको नाम किर्ते गरी हकभोग आफ्नो नाममा ल्याएका छन् ।
उनले विभिन्न समयमा बनाएका सरकारी कागजातमा कतै कौशल किशोर दास, कतै कौशल किशोर ठाकुर त कतै कौशल किशोर ठाकुर भूमिहार लेखिएको छ ।
सूर्यनारायण दासका शिष्य रामविनय दास आफ्नै आर्जनको उक्त जग्गा बुवाबाट छोरामा नामसारी भएको दाबी गर्छन्।
‘वर्तमान महन्थका बुवा पूर्वमहन्थ कौशल किशोरको जग्गा उनका छोराका नाममा नामसारी भएको हो,’ उनी भन्छन्, ‘यो जग्गा मन्दिरको होइन पूर्व महन्थको निजी हो।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस