
काठमाडौं । हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधा थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासा’दयगत घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यी सुविधाहरू थपिएका छन् । देश तथा विदेशमा रहेका नेपाली मूलका मानिसको दैनिक तथा सांस्कृतिक जीवनमा महत्वपूर्ण साथी बन्न सफल लोकप्रिय हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको छ ।
अहिले थपिएका सुविधामा विशेषज्ञ डाक्टरले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिकाअनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ । पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ । यसअघि बिरामी र डाक्टर दुई जना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकताअनुसार परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरले कन्फरेन्स कल गरेर एकैपटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको छ ।
प्रतिक्रिया दिनुहोस