aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

उत्पत्तिको प्रमाणपत्र लिने एक वर्षमै दोब्बर

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, ०२ भदौ २०७९
उत्पत्तिको प्रमाणपत्र लिने एक वर्षमै दोब्बर

काठमाडौं । निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ । भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी गरिएको थियो ।

यसअघि भने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या भने स्थिरजस्तै थियो । आव २०७१/०७७ मा १५ र आव २०७५/०७७ मा ६१ उद्योगलाई उत्पत्तिको प्रमाणपत्र जारी भएको थियो ।

उद्योग विभागलाई भारत निकासी हुने औद्योगिक वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने जिम्मेवारी रहेको छ । विभागको योजना, अनुगमन तथा मूल्यांकन शाखाले यस्ता उद्योगहरुका हकमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने गर्छ जसका लागि तोकिएका कागजात नेपाल उद्योग वाणिज्य महासंघबाट प्राप्त हुनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस