aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिंहदरबार र कारागारमा पनि मतदान केन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ भदौ २०७९
सिंहदरबार र कारागारमा पनि मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदीहरूलाई समेत मतदानको अवसर दिने भएको छ। यसका लागि गृहकार्य भइरहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कर्मचारी, सुरक्षाकर्मी तथा कैदीहरूलाई मतदानको अवसर प्रदान गर्न कारागार, सैनिक ब्यारेक, सशस्त्र क्याम्प, प्रहरी कार्यालय तथा विभिन्न कारागारमा मतदान केन्द्र रहनेछन् । अहिले देशभरका विभिन्न कारागारमा करिब २६ हजार कैदीबन्दी छन् । 

देशभर ७० वटा जिल्ला कारागार छन् । जेल तथा सैनिक ब्यारेकमा निर्वाचन गराउने कर्मचारी कारागार तथा सैनिक ब्यारेकमै पुग्नेछन् ।

कार्यालय बिदाको दिनमा कार्यालय जानुपर्ने कर्मचारीले पनि सहज किसिमले मतदान गर्न पाऊन् भन्ने उद्देश्यले आयोगले यसपटक प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै एउटा मतदान केन्द्र राख्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस