
काठमाडौं । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ । मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको हो ।
केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले शुरुमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरिने जानकारी दिए । उनका अनुसार आयोगले मतपत्र छपाइ गर्न कागजको टेन्डर पूरा गरिसकेको छ भने केन्द्रले मसी, प्याकिङ गर्न कार्टून, डोरीलगायतका सामग्री तयारी गरेको छ ।
प्रवक्ता आचार्यका अनुसार भदौ २० गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुँदै छ । इपाइ केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा हुनेछ र आवश्यक परे केन्द्रको अन्य मेसिन पनि प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस