
स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका पदाधिकारीको मिलेमतोमा औषधि आपूर्तिका क्रममा फर्जी बिल बनाएर झन्डै ३ करोड ४४ लाख रुपैयाँ अनियमितता गरेको देखिएको छ ।
विभागका व्यवस्थापन महाशाखाका निर्देशक रमेशप्रसाद अधिकारी, शाखा प्रमुख डा। सुरेन्द्रप्रसाद चौरासियालगायतको संलग्नतामा ३ करोड ४४ लाख ३२ हजार १५० रुपैयाँको नक्कली बिल बनाएको कागजात राजधानी दैनिकले फेला पारेको छ । फरकफरक मितिमा एउटै दाखिला नम्बर चढाई औषधि आपूर्ति गरेको पाइएको हो, जुन कानुनसम्मत मिल्दैन ।
व्यवस्थापन महाशाखाअन्तर्गत एउटै सप्लायर्सले एक आर्थिक वर्षमा ठेक्का नम्बर एनसीवी नम्बर डीओएचएसरजीरएनसीवी–४८र२०७४र७५को रकम सम्बन्धमा ००७ नम्बरको बिललाई नियतपूर्वक दुईवटा फरकफरक मिति बनाई पेस गरिएको बिल ती पदाधिकारीको मिलेमतोमा स्वीकृत गरेको पाइएको छ ।
विभाग स्रोतका अनुसार आकाश अन्तरिक्ष जेभीले जीवनजल आपूर्तिका लागि व्यवस्थापन महाशाखासँग एक वर्षमा दुईवटा ठेक्का गरेको थियो । सिनकम फर्मुलेसन भारतबाट उत्पादित एउटा ठेक्का एनसीवी ४८र०७४–०७५ र अर्को ठेक्का २०७४/०७५ मै आईसीवी ४१ दशमलव १९ मा जीवनजल आपूर्ति गर्नुपर्ने थियो । जुन जीवनजल आईसीवी ४१ दशमलव १९ मा स्वास्थ्य सेवा विभागले फेल गराएको थियो । तर, त्यही कम्पनीको गुणस्तरहीन जीवनजलको रकम भुक्तानी गरेको पाइएको हो । यसरी भुक्तानी गर्दा पनि लाखौं रुपैयाँ अनियमितता भएको स्रोतको दाबी छ । यो समाचार आजको अन्नपूर्ण पोष्टबाट दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस