aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

देउवालाई ठाकुरले सोधे, गठबन्धनमा ल्याउने कि नल्याउने ?

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, ०३ भदौ २०७९
देउवालाई ठाकुरले सोधे, गठबन्धनमा ल्याउने कि नल्याउने ?

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन् ।

देउवालाई भेट्न बिहीबार विहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए ।

तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं, भेटपछि लोसपाका नेता महतोले भने, प्रधानमन्त्रीज्यूले यसबारेमा एक–दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ ।

लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएको महतोले बताए । प्रधानमन्त्रीज्यू लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन सकारात्मक हुनुहन्छ।  उहाँ (देउवा)ले यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरूसँग छलफल गरी जवाफ दिन्छु भन्नुभएको छ, महतोले भने ।

प्रतिक्रिया दिनुहोस