aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ०३ भदौ २०७९
नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता ((पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् ।

सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस