aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रदेशसभाको सदस्यमा उम्मेदवारी नदिनुको कारण यसरी खुलाए रवि लामिछानेले

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ०३ भदौ २०७९
प्रदेशसभाको सदस्यमा उम्मेदवारी नदिनुको कारण यसरी खुलाए रवि लामिछानेले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए ।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’ 

प्रतिक्रिया दिनुहोस