aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एकैदिन फोहोर बोकेका २८४ ट्रक बञ्चरेडाँडामा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, ०३ भदौ २०७९
एकैदिन फोहोर बोकेका २८४ ट्रक बञ्चरेडाँडामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बिहीबार फोहोर बोकेका २८४ वटा ट्रक बञ्चरेडाँडा पुगेको बताएका छन् । पीडित पक्षहरुले सडक अवरोध नगरेपछि एकैदिन ती ट्रकहरु ल्यान्डफिल्ड साइट पुगेको उनको भनाइ छ ।

यही अवस्था कायम रहे छिट्टै सबै फोहोर उठ्ने बालेनको दाबी छ । सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेका छन् । आजमात्रै २८४ गाडी फोहोर बञ्चरे पुगेका छन् । यही कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ, उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

उनले महानगरपालिकासँग सीमित ट्रकहरु उपलब्ध भएकाले सहयोगको अपीलसमेत गरेका छन् । हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रकजस्ता ठूला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ, उनले भनेका छन्, हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नुहुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायत सम्बद्ध सबैप्रति हामी आभारी छौं ।

प्रतिक्रिया दिनुहोस