aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ भदौ २०७९
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

इस्लामाबाद । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्  ।

मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताएका छन्।

पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग अनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको बताएका छन् । कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासुलगायत पूर्ण रूपमा निर्मित वस्तुहरूको आयात घटाउन सरकारले धेरै वस्तुहरूमा उच्च भन्सार लगाउने इस्माइलले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस