
काठमाडौं । पत्रकार शाकिराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भइरहेको छ । उनीहरुलाई बिहीबार न्युज २४ को कार्यालयबाट चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कँडेललाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।
लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् । यता पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकी ओखलढुङ्गाकी अस्मिता कार्कीमाथि पनि म्याथ थप गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । यसैबीच जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस