
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको पाँच वर्ष प्रदेश सरकारको अग्निपरीक्षा भएको बताएका छन् ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र ८ ९ख० काठमाडौं प्रदेश सभा क्षेत्रीय सम्मेलन शनिबार उद्घाटन गर्दै थापाले ‘आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने रु’ भन्ने विषय टुंगो लाग्ने बताएका हुन् ।
‘संविधानमा उल्लेख भएका मुलुकका सबै तहका संरचनाका आ–आफ्ना काम र जिम्मेवारी भए पनि प्रदेश तहको सरकारमाथि भने नागरिक तहबाटै प्रश्न उठ्दै आएको छ,’ उनले भने, ‘मुलुकका सबै तहका संरचनाका आ–आफ्ना काम र जिम्मेवारी छन्, संघीय सरकारको आफ्नै काम र जिम्मेवारी छ, प्रदेशको आफ्नै छ, स्थानीय तहको आफ्नै छ, तर प्रदेश संरचनाको विषयमा जनताको प्रश्न छ ।’
‘प्रदेश किन बनाएको रु भनेर यो पाँच वर्षमा भन्न नसकेको’ बताउ“दै थापाले थपे, ‘अबको चुनावपछि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ, यो समय अग्निपरीक्षा हो ।’ उनले प्रदेश सरकार सञ्चालन प्रक्रियामा विगत पाँच वर्षको अवधिमा संघीय र प्रदेश सरकार स्वयं पनि चुकेको बताए । ‘संघीय सरकारले प्रदेश किन बनाएको र केका लागि भन्ने नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको’ उनको कथन छ ।
गठबन्धन चुनावपछि के हुन्छ रु
महामन्त्री थापाले चुनावपछि सत्तारूढ गठबन्धन कायम हुने नहुने विषयमा पनि प्रश्न गरेका छन् । उनले चुनावअघि भन्दा चुनावपछिको स्थायित्वका लागि गठबन्धन आवश्यकता हुने बताए ।
‘सत्तारूढ दलबीच चुनावी गठबन्धन र तालमेल विषय उठिरहेको छ, एकथरी तालमेल ठीक र अर्को थरीको तालमेल नगरौं भन्ने मत छ,’ थापाले भने, ‘तालमेल त गर्नैपर्छ, नगरे अरुले गर्छन् तर चुनावमात्रैका लागि तालमेल हुनु हुँदैन, चुनावपछि पनि तालमेल के हुन्छ भनेर सोच्नुपर्छ ।’
अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि पनि गठबन्धन कायम रहने ‘ग्यारेन्टी नभएको’ उनको जिकिर छ । ‘२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण नै गरे पनि पछि अलग भएको’ स्मरण गर्दै उनले ‘यो चुनावपछि पनि त्यस्तै हुनसक्ने’ औंल्याए ।
प्रतिक्रिया दिनुहोस