aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

स्कुटी ठोक्किँदा २ जना घाइते, १ को अवस्था गम्भिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
स्कुटी ठोक्किँदा २ जना घाइते, १ को अवस्था गम्भिर

बुटवल । कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा  भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको जाँदै गरेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालकद्वय वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर निवासी वर्ष ३५ का शेखर भुषाल र सोही स्थान मनहरापुरका वर्षीय २९ का जयसराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैको टाउकोमा चोट लागेको छ । घाइतेहरुलाई सिएण्डसी अस्पताल ४ नं मा उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये शेखरको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस