aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

मृतकलाई सम्झनेमात्र हैन पहिचान खुलाउने पर्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
मृतकलाई सम्झनेमात्र हैन पहिचान खुलाउने पर्व

काठमाडौं । नेवारी समुदायले दिवङ्गत आफन्तको सम्झना मनाउने गाइजात्रा समलिंगी तेस्रो लिंगीले भने महान चाडका रुपमा मनाउने गरेका छन्।

नेपालमा सुरुवाति अवस्थामा खुलेर हिड्नसमेत नसक्ने तेस्रोलिंगीहरुले  गाइजात्रा मार्फत आफूलाई वास्तविक पहिचानमा प्रस्तुत गरेका थिए। त्यसयता समलिंगी तेस्रोलिंगीहरुलाई गाईजात्रालाई विशेष पर्वका रुपमा मनाउने गरेका छन्।

दाताहरुकोफ सहयोग समेत प्राप्त हुने हुनाले देशभरका विभिन्न स्थानबाट प्रतिनिधिमुलक रुपमा तेस्रोलिंगीहरु काठमाडौ आउनेगरेका छन्। नेवार समुदायले मनाउने गाइजा तेस्रो लिंगीले समुदायले भने जुनसुकै जातिले समुहिकरुपमा मनाउने गरेका छन् ।

उनीहरुले थारु, मधेसी, थकाली, तामाङ नेवासमेत भएर एकसाथ गाइजात्रा मनाउने गर्छन्। हरेक वर्ष ठमेलको संचयकोष भवन अगाडी जम्मा भएर समलिंगी तेस्रोलिंगीहरुले विभिन्न स्थानको परिक्रमा गरी आफ्नो पहिचान खोलेपछि वा तेस्रो लिंगी पहिचान खोल्नै नसकि मृत्युबरण गरेकाहरुको आत्मशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने गरेका छन् ।

दिवङगत आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका लागि श’क्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङगीहरुको विभिन्न संघसंस्थाबाट संय’क्त रुपमा निकालिएको गाईजात्रा र्यालीमा नृत्य प्रस्त’त गर्दै विभिन्न भेषभुषामा सजिएर तेस्रो लिङगीहरूले गाइजात्र मनाएका छन् । 

प्रतिक्रिया दिनुहोस