aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारतले चिया निर्यात बन्द गर्ने भएपछि नेपाली व्यवसायी चिन्तित

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, ०६ भदौ २०७९
भारतले चिया निर्यात बन्द गर्ने भएपछि नेपाली व्यवसायी चिन्तित

एजेन्सी । भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भएको भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ । उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रेक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् । 

नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत सोहीअनुरुपको भएको भन्दै त्यहाँको संसदको एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो ।

भारतीय बजारम नेपाली चिया गुणस्तरहीन भन्ने हल्ला चलाइएपछि नेपाली चिया व्यवसायीहरू हाल नेपालको चिया बिक्ने र नबिक्ने अन्योलमा छन् । उद्योगी व्यवसायीहरूले भारतले नेपाली चियालाई आरोपमात्र लगाएको भन्दै यसको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस