aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाली फुटबल खेलाडी भएकोमा गर्व गर्छिन रमा सिंह

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०६ भदौ २०७९
नेपाली फुटबल खेलाडी भएकोमा गर्व गर्छिन रमा सिंह

काठमाडौं । रमा सिंह नेपाली महिला फुटबल र नेपाली सञ्चारकर्मले पाएको एक व्यक्तित्व हुन् । उनी आफूलाई महिला फुटबलर र सञ्चारकर्मीकै रूपमा चिनाउँछिन् । आफूले जानेको फुटबल र टेलिभिजन पत्रकारितालाई उनी एकै दर्जामा राख्छिन् । जति बेला नेपाली महिला फुटबलमा केही थिएन, त्यो समयकी खेलाडी हुन् रमा सिंह । उनी पहिलो पुस्ताका महिला नेपाली फुटबल खेलाडी अनि नेपालको महिला राष्ट्रिय टिमकी कप्तान हुन् ।

झन्डै ११ वर्षको अमेरिका बसाइपछि नेपाल आएकी पूर्वकप्तान रमा सिंहले गत बिहीबार नेपाली खेलकुद पत्रकारसँग महिला फुटबलको विगतदेखि वर्तमानसम्मको विषयमा अन्तक्रिया गरिन् । निडर स्वभावकी उनी केहीमा पनि डर मान्दिनन् । आफूलाई लागेको विषयमा खुलेरै बोल्न सक्छिन् । त्यसैले त उनले फुटबलसँगै सञ्चारकर्ममा आपूmलाई अब्बल स्थापित गरिन् । फुटबलकै कारण उनले सञ्चारकर्ममा उत्तिकै चर्चा पाइन् ।

सन् १९८० को दशकमा आपूmले फुटबल खेल्दाको अवस्था र अहिलेको अवस्थामा केही परिवर्तन भए पनि उनलाई भने उस्तै लाग्छ । फरक यति हो, अहिले महिलाले पनि खुलेर खेल्न पाएको छ । खेल्ने सामग्रीहरू पाएका छन् । तर, खेलेरै जिउने आधार बनिसकेको छैन । कतिले त फुटबलमा भविष्य रहेनछ भनेर विदेसिनुपरेको छ । पूर्वकप्तान रमा भन्छिन्, ‘खेलाडीलाई फुटबलमै राखिराख्न प्रोत्साहन र सुविधाहरू पर्याप्त मात्रामा बढाउनुपर्छ ।’

फुटबलमा कसरी

दिदी र म ११ जना केटाहरूको समूहमा हुर्किएका हौं । उनीहरूले जे खेल्थे, हामी पनि त्यही खेल्थ्यौं । त्यसले पनि हामीलाई जुनसुकै खेलमा जानलाई सहयोग मिल्यो ।’ रमाले थपिन् । ‘पद्मोदय कलेजमा भर्ना भएपछि हामीले भलिबल टिम बनायौं । म भलिबलमा राम्रो सेटर । यो २०३८ सालतिरको कुरा हो । त्यही परिवेशमा शिक्षा दिवसको अवसरमा प्रदर्शनी खेलका लागि हामी दशरथ रंगशालामा भलिबल टोली लिएर गयौं । त्यही बेलामा एएफसीले महिला फुटबललाई पनि अघि बढाउनुपर्ने र नभए पाउने सुविधा पनि खोसिने बताएपछि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले पनि महिला फुटबल टोली बनाएको हो ।’ सिंहले फुटबलको राष्ट्रिय टोलीको तयारीको स्मरण गरिन् । ‘त्यति बेला एन्फाका अध्यक्ष कमल थापाले हामीले भलिबल खेलेको देखेपछि तपाईंहरू भलिबल राम्रो खेल्नु हुँदोरहेछ हामीले महिला फुटबल टिम बनाउन लागेका छौं, तपाईंहरू आउनुहोस् भनेपछि आफूलाई मन पर्ने फुटबलमा लागेका हौं ।’ उनले भनिन्, ‘त्यति बेला टिम थिएन । महिला खेलाडी खोज्न स्कुल र कलेज धायौं । त्यस बेला के कन्सेप्ट आयो भने धरान र पोखरामा विदेशबाट आएको लाहुरेका छोरीहरू हुन्छन्, उनीहरू स्मार्ट हुन्छन् । त्यहाँ टिम हुन्छ भन्ने भएपछि धरान, पोखरा र काठमाडौंबाट टिम बनेको हो । त्यहीबाट नै राष्ट्रिय टोली बनेको हो ।’ उनका लागि ती क्षण अझै पनि ताजै लाग्छ, जति बेला एन्फाले दार्जिलिङ टिमलाई बोलाएर प्रदर्शनी खेल गराएको थियो । ‘दार्जिलिङ टिमसँग हामीले खेलेका थियौं । त्यो खेल हामीले जित्यौं ।’ पूर्वकप्तान रमा थप्छिन्, ‘त्यो बेला पुरुषको भन्दा महिलाको फुटबल क्रेज थियो । रंगशालामा हजारौं दर्शक खेल हेर्न आएका थिए ।’

प्रतिक्रिया दिनुहोस