aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

श्रीमतीसँग सहवास गर्दा अर्की युवतीको नाम लिएपछि छिन्यो टाउको

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, ०६ भदौ २०७९
श्रीमतीसँग सहवास गर्दा अर्की युवतीको नाम लिएपछि छिन्यो टाउको

काठमाडौं । जिल्लाको निसीखोला गाउँपालिका–४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको शव फेला पर्‍यो। हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका(५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो । उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको रहेछ ।  

शवको पहिचान खुलेपछि प्रहरीले हत्याराको खोजी सुरु गर्‍यो। हत्याराको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृतक विककै श्रीमतीतर्फ सोझियो । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाउँदै गर्दा मृतककी श्रीमती कुमारी कामीको अनुहारमा न श्रीमानको मृत्युका शोक थियो न सुर्ता ।

त्यै पनि प्रहरीले अनुसन्धानलाई अरु नै कोणबाट अगाडि बढायो । टाउको छिनाएको अवस्थामा विभत्स शव भेटिएपछि त्यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोटका इन्सपेक्टर सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवाली आँफै घटनास्थल पुगेका थिए । जिल्ला प्रहरी कार्यालयमा यस अघि कार्यरत रहेर सरुवा भैसकेको इन्सपेक्टर हेम भण्डारी पनि बागलुङ आएको बखत परेकाले त्यो घटनास्थलतर्फ गए । जिल्ला प्रहरी कार्यालय बागलुङमा हत्या आरोपी सार्वजनिक गर्न आईतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा हत्या बारेमा जे तथ्यहरु सार्वजनिक गर्‍यो, त्यो धेरैलाई झस्काउने खालको छ ।

प्रहरीले विकको हत्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो । प्रहरीका अनुसार मृतक विक साउन २४ मात्रै काठमाडौंबाट घर फर्किएका थिए । विदेश जानका लागि अप्लाई गर्न काठमाडौं पुगेर घर फर्केका उनी २५ गते दिउँसो साथीहरुसहित मदिरा सेवा गर्न आफू बस्दै आएको घर भन्दा ५ सय मिटर परको भट्टी पसलमा गए। आफू विदेश जाने तयारीमा रहेकाले साथीहरुसंग बिदाइ पार्टी गर्ने योजना अनुसार उनी भट्टी पुगेका थिए । मृतक विकको गोजीमा साढे दुई सय रुपैयाँ मात्रै पैसा थियो । रक्सी पिउन रकम अपुग भएपछि उनी घर फर्के र श्रीमतीसँग भएको ५० रुपैयाँ र सालीसँंग भएको एक सय रुपैयाँ गरी एक सय ५० रुपैयाँ लिएर फेरी भट्टी पसल पुगे ।  

दिउँसो ८ जनाले संगै मदिरा सेवन गरे पनि साँझ ढल्दै गर्दा सबै एक एक गर्दै आफ्नो बाटो लागे। साँझको ८ बजेको सेरोफेरोमा मृतक विक र अर्का एक जना मात्रैे थिए। मदिरा पिउने पैसा सकिएपछि उनीहरु पनि त्यहाँबाट निस्केर आ–आफ्नो घरतर्फ लागे ।

प्रतिक्रिया दिनुहोस