
काठमाडौं । पत्रकार रवी लामिछाने र युवराज कँडेललाई प्रहरीले कार्याकक्षबाटै नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल मार्फत लगाइएको आरोपमा प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी पत्रकार रवी लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ शाखाको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्त मार्फात जनाएको छ ।
आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले दिएको भिडियो प्रकरणबारे प्रहरीलाई अनुसन्धानका लागि आवश्यक सबै सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्दा–गर्दै प्रहरीले कार्यक्रम सिधाकुरा जनताको कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेदसमेत व्यक्त गरेको छ ।
उनलाई कार्यक्रम प्रसारण हुन एक घण्टा २५ मिनेट मात्र बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित नियन्त्रणमा लिएको र प्रस्तोता विना नै कार्यक्रम सञ्चालन भएको भएको थियो ।
सञ्चारगृहभित्र प्रवेश गरेर प्रहरीले देखाएको शैलीबाट प्रेस स्वतन्त्रता र सूचनाको हकमा प्रश्न उठाएको विज्ञप्तीमा उल्लेख छ ।
साथै, प्रहरीले अन्य सञ्चारकर्मी÷पत्रकारको मोवाइल खोस्ने, दृश्य संकलन गर्न रोक्न खोजेकोप्रति पनि खेद व्यक्त गर्दछौ । यसले सञ्चारमाध्याममाथि हस्तक्षेप गरेको हाम्रो ठहर गर्दै शाखाका कार्यवाहक अध्यक्ष प्रदिपराज दहालले विज्ञप्ती जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस