aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रचण्ड–नेपाल नेतृत्वको दुवै पार्टी एकताको तयारी, त्योभन्दा पहिले चुनावी एकता

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, ०७ भदौ २०७९
प्रचण्ड–नेपाल नेतृत्वको दुवै पार्टी एकताको तयारी, त्योभन्दा पहिले चुनावी एकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् ।

४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेबारे समेत सहमति गरेका छन् ।

ललितपुर हात्तिवनमा सोमबार भएको प्रचण्ड–नेपाल भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए । एउटै घोषणापत्रमा निर्वाचनमा सहभागी हुने सहमति गरेका दुवै नेताले चिह्न भने आआफ्नै लिएर निर्वाचन लड्ने छलफलमा सहभागी एक नेताले बताए ।

यसअघि, माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा (राष्ट्रिय एकता अभियान)ले साझा घोषणापत्र र एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनेमा सहमत छन्

केही समयअघि डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको नेकपा (राष्ट्रिय एकता अभियान)ले साझा घोषणापत्र र माओवादीकै चिह्न लिएर निर्वाचनमा सहभागी हुने माओवादीसँग सहमति गरेको छ ।

‘दुई पार्टीको एकता निर्वाचनअघि नै गर्ने कि पछि ?’ भन्नेमा छलफल केन्द्रित रह्यो । त्यस्तै, माओवादीको निर्वाचन चिह्नबाट चुनाव लड्ने सहमति गरेका भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको छ,’ छलफलमा सहभागि ती नेताले भने ।

गौतम नेकपा ब्युँताउने वा समाजवादी केन्द्र बनाउनेमा सहमत भएको र भट्टराईको हकमा केही सर्त उनले राखेको विषयमा दुई नेताबीच छलफल भएको छ । उनीहरूबीच निर्वाचनअघि एकता संयोजन समिति बनाएर त्यसमार्फत वार्ता अघि बढाउने सहमति भएको छ । छिट्टै भट्टराई र गौतमसँग छलफल गरेर दुवै पार्टी नेता रहने एकता संयोजन समिति बन्नेछ ।

प्रतिक्रिया दिनुहोस